गण्डकी प्रदेशका का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा राजीनामा

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुगंले राजीनामा दिनुभएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको पृथ्वी सुब्बा गुरुगंलाई कामका लागि धन्यवाद दिनुभएको छ । र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ९३० बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ ९२० बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । । धारा १६८ ९२० मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्