कांग्रेसको मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न गण्डकी प्रदेशमा जनमोर्चाद्धारा ह्वीप जारी

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा पृथ्वी सुव्वा गुरुगंको राजिनामा पश्चात सरकार निर्माणको लागि अग्रसर भएको नेपाली कांग्रेसलाई समर्थन गर्न ह्विप लगाईएको छ । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न सांसदहरूलाई ह्वीप लगाएको छ।

गण्डकी प्रदेशकी जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर गर्न सांसदहरूलाई ह्वीप जारी गर्नुभएको हो ।

उहाँद्धारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा र जसपाका ३१ जना सांसदले नेपालीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई दाबी प्रस्तुत गर्ने भएकाले उक्त पत्रमा हस्ताक्षर गर्न भनिएको छ । उहाँद्धारा जारी उक्त ह्वीप इमेल र सामाजिक सञ्जालमा पनि पठाइएको पनि जनमोर्चाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्