दुई छाक खान समस्या हुनेहरुको लागि FOOD BANK संचालन गर्दै लायन्स क्लब अफ तनहूँ व्यास सिटी

  • ख-
  • ख+

तनहूँ । कोरोनाको महामारीको समयमा लकडाउन भएर भोकै परेका मानिसहरुको गाँसको जाहो गर्न लायन्स क्लब अफ तनहूँ व्यास सिटीका पदाधिकारीहरु जुट्नु भएको छ । दुई छाक टार्न समस्या परिरहेको पीडित परिवारहरूलाई लक्षित गर्दै लायन्स क्लव अफ तनहूँ व्याससिटीले २५८३औं बुद्ध पूर्णिमाको शुभ दिन पारेर आज बाटै फुड बैक संचालन गरेको छ । । ”FOOD BANK संचालन गर्नुको उद्धेश्य भोका, काम नभएर बेरोजगार भएका मानिसहरु भोकै रहन नपरोस् भन्ने रहेको र आफुहरुले सकेकोले दिनुहोस्, नसकेकोले लिएर जानुहोस् अभियानको सुरुवात गरेको ” उक्त क्लबका अध्यक्ष लायन कुमार मल्लले बताउनुभयो ।
” पवित्र उद्धेश्यका साथ शुरु गरिएको उक्त FOOD BANK मा जो कोहि भएपनि अप्ठ्यारो नमानिक सम्पर्क गर्न” पनि क्लबका उपाध्यक्ष लायन प्रदिप मल्ले बताउनुभएको छ उहाँ अगाडि भन्नुहुन्छ ”यदि तपाईहरुको नजरमा कोही परिवारको चुल्यो बोल्न नसकेको पाउनु भएमा हामीलाई सम्पर्क गर्न लगाउनुहोला । साथै, यदि तपाईंहरू पनि यो अभियानमा आफूले सकेको सहयोग गर्न चाहनु हुन्छभने हामीलाई सम्पर्क गर्नुहोला ।”
विभिन्न सामाजिक कार्यहरु गरिरहेको लायन्स क्लव अफ तनहूँ व्याससिटीको यो कार्यले पनि समाजमा राम्रो सन्देश जानुका साथै बेसहारा, दुई छाक जोहो गर्न समस्या पर्नेहरुको लागि पुण्यको काम हुने बुद्धिजीवीहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्