शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वमै तेस्रो

  • ख-
  • ख+

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो ।

पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो ।

नेपालको परराष्ट्र नीतिअनुसार राष्ट्रसंघले मागेको खण्डमा १० हजार फौज शान्ति सेनामा पठाउन सकिने सरकारी सिलिङ छ । ‘भविष्यमा राष्ट्रसंघले माग गरेको खण्डमा फौजको संख्यामा वृद्धि हुनसक्छ’ प्रवक्ता पौडेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्