तनहूँमा १६ गतेसम्म थपियो लकडाउनः अघिल्लो तुलनामा केहि खुकुलो बनाईदै

  • ख-
  • ख+

तनहूँ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहूँको आज बसेको बैठकले तनहूँमा निषेधाज्ञा असार १६ गते सम्म थप्ने निर्णय गरेको छ । सबैलाई बिस्तारै सहज बनाउने मनसायले थप खुकुलो बनाउँदै निषेधाज्ञा असार १६ गतेसम्म लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभएको छ । उहाँका अनुसार अघिल्लो निषेधाज्ञाभन्दा यसपटकको निषेधाज्ञामा थप केही व्यवसाय पनि खोल्न दिने निर्णय भएको छ ।

पछिल्लो पटक थप भएको निषेधाज्ञामा अत्यावश्यक सेवा तथा वस्तु यसअघि बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न दिईएकोमा अब ति व्यवसाय बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने दिने निर्णय भएका छन् भने बैङ्क तथा वित्तीय संस्थाहरु न्यूनतम कर्मचारी राखी बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

स्वास्थ्य र सुरक्षाको मापदण्डको कडाईका साथ पालना गर्दै व्यापार व्यवसाय गर्न र खरिद बिक्री गर्न उपस्थित हुन पनि उपभोक्ता तथा व्यावसायीलाई अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्