नेपाल चेम्वर अफ कमर्सद्धारा बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले हालैको भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । चेम्बरले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका बाढि पिडितलाई राहत हस्तान्तरण गरेको हो ।

यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरे ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

अध्यक्ष मल्लबाट गहिरो दुः ख व्यक्त

नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले उक्त क्षेत्रमा जनधनको क्षती पुग्न गई त्यस क्षेत्रका बासिन्दाहरु घरवारबिहीन हुन पुगेकामा गहिरो दुख समेत व्यक्त गरेका छन् । बाढिमा परी असामयीक निधन भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्