मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु

  • ख-
  • ख+

सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै हुनुहुन्थ्यो ।। मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले बताउनुभयो ।

मृतक मेलम्ची नगरपालिका–११ का स्थानीय हुनुहुन्छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्