उत्तरदायी पालिकाः रिब्दीकोट गाउँपालिकाले व्यावसायिक कृषकको बैंकको ब्याज तिरिदिने

  • ख-
  • ख+

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिकाले किसानलाई व्यावसायिक बनाई कृषि कर्ममा लगाउनका लागि बैंकको ऋणको ब्याज तिरिदिने व्यवस्था गरेको छ ।

कृषि बैंकसँग सम्झौता गरेर कृषि व्यावसाय गर्ने किसानले लिएको ॠणको ब्याज गाउँपालिकाले तिरिदिने व्यवस्था गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । पछिल्लो समय कोरेना महामारीका कारण विदेशबाट फर्किएका युवाशक्तिलाई कृषि कर्ममा लगाउन व्याज अनुदानको व्यवस्था गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका दलित समूदाय, विपन्न परिवार तथा बेरोजगार युवालाई व्यवसायिक रुपबाट कृषि पेशामा लगाई आय आर्जनको बाटो बनाउनका लागि यो योजना सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।

बैंकले मूल्यांकन गरेर किसानलाई ५० हजारदेखि ५ लाख सम्म र फार्मको लागि १ लाख ५० हजार देखि १० लाखसम्मको ब्याज गाउँपालिकाले तिर्ने गरी सम्झौता भएको गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालले बताउनुभयो । यस कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुने र प्रभावकारीताका आधारमा पुनः सम्झौता गरिने गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्