कालिका पौडेलको अध्यक्षतामा दमौलीमा तनहूँ दुग्ध ब्यबसायी संघ गठन

  • ख-
  • ख+

तनहूँ । तनहूँ दुग्ध ब्यबसायी संघ तनहूँको जिल्ला भेला दमौलीमा सम्पन्न भएको छ । उक्त भेलाले कालिका पौडेलको अध्यक्षता १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ। भेलाले चयन गरेका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजेन्द्र ध्वज अधिकारी, सचिव रमेश प्रसाद आचार्य, सहसचिव युबराज ढकाल, कोषाध्यक्ष सन्तोष पौडेल,
सहकोषाध्यक्ष मधु पन्त, सदस्य ईश्वर खनाल, सदस्य अशोक तिमिल्सिना, सदस्य भगवती जि.सि., सदस्य पन्नाराजु अधिकारी, सदस्य रमेश तिमिल्सिना, सदस्य भानुभक्त सोति, सदस्य लक्ष्मण पाण्डे र सदस्य मनु नेपालीलाई चयन गरेको छ भने १ जना सदस्य पछि थप गरिने बताईएको छ ।
तनहूँ जिल्ला भरी छरिएर रहेका दुग्ध ब्यवसायीहरुलाई एकीकृत गर्दै लैलाने उद्धेश्य लिइ तनहूँ दुग्ध ब्यवसायी संघ गठन गरिएको संथाका अध्यक्ष कालिका पौडेलले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्