भानुकी १५ बर्षिय क्यान्सर पिडित बालिकाको जीवन रक्षाको लागि अपिल

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा नं. १३, तनहूँकी कक्षा ९ मा पढ्दै गरेकी सुष्मिता मगरलाई जीवन रक्षाका लागि बचाउन उक्त क्षेत्रका समाजसेवी एवं स्थानियहरुले अपिल गर्नुभएको छ । मृर्गौलामा ट्युमर भई क्यान्सर लागेकी १५ बर्षिय मगरको हाल चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

”घरको आर्थिक अवस्था कमजोर भएको हुनाले मगरलाई आर्थिक रुपमा अत्यन्तै गारो भईरहेको र ऋण गरिकन हालसम्म १२ लाख खर्च भइसकेको र अझै ९ वटा किमो चढाउनुपर्ने भएकोले खर्च धान्न सक्ने अवस्था नभएको” उक्त क्षेत्रका स्थानिय एवं जिल्ला समन्वय समिति तनहूँका प्रवक्ता गल गुरुगंले बताउनुभएको छ ।

क्यान्सर रोगको उपचार गराईरहेकी १५ बर्षि सुष्मिता मगरलाई सहयोग गर्न चाहने सहयोगी महानुभावहरूले सक्दो आर्थिक सहयोग गरी जीवन रक्षा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
सहयोग गर्न चाहने महानुभावहरुले तलको नम्वरमा सम्पर्क गर्न वा तल उल्लेखित बैक खातामा पैसा जम्मा गरिदिन सक्नुहुनेछ ।
सुदिप मगर
मोवाईल नं. ९८१४१८८४८५
बैकः सिद्धार्थ बैक
खाता नं. ०१६२०१८५११०

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?