तनहूँ । राप्रपाका नवनिर्वाचित तथा नेपाली राजििनतीका चर्चित पात्र राप्रपाका अध्यक्ष राजेन्द्र लिगंदेनको स्वागतको तयारी गर्नको लागि आज राप्रपा तनहूँ जिल्ला कार्य समितिको बिस्तारित बैठक बसेको छ । उक्त बिस्तारित बैठकमा आगामी स्थानिय तह चुनावको लागि लक्षित गर्दै यही चैत्र १७ गते तनहूँको सदरमुकाम दमौलीमा हुने आमसभा भव्यताका साथ सफल पार्नको लागि तयारी गर्दै अध्यक्ष विनोद घर्तिको नेतृत्वमा ५१ जनाको मूल समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त बैठकले देशभर चर्चित केन्द्रिय अध्यक्षको जिल्ला कार्यक्रम हुँदा अत्याधिक सफल पार्ने जिम्मेवारी बोध गर्दै स्थानिय तहको लागि उमेदवारी सम्बन्धमा पनि व्यापक छलफल भएको राप्रपा तनहूँका अध्यक्ष विनोद घर्तिले बताउनुभएको छ साथै बैठकमा सुशासनको लागि भ्रष्ट्राचार अभियानबाट केन्द्रीय सदस्यमा मनोनित हुनुभएको शोभा गुरुङ्गलाई स्वागत पनि गरिएको छ ।








