तनहूँका तुल्सीराम पाण्डे इम्प्रेसन नेपालको केन्द्रीय सदस्य निर्वाचित

  • ख-
  • ख+

तनहूँ । कम्प्युटर एसोसियसन नेपाल (क्यान महासंघ) गण्डकी प्रदेशका अध्यक्ष तुल्सीराम पाण्डे इम्प्रेसन नेपालको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकमा निर्वाचित भएका छन् ।
आईसिटि मिडिया, प्रेस तथा सन्चार क्षेत्रमा कार्यरत नेकपा एमाले निकट संस्थाहरु संलग्न रहेको इम्प्रेसन नेपालको शनिबार काठमाडौंमा सम्पन्न नवौं महाधिवशेनबाट पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । पाण्डे नेकपा एमाले व्यास नगर कमिटिका उपाध्यक्ष तथा जिल्ला खेलकुँद विकास समिति तनहँुका सचिव समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?