राप्रपा भिमादमा नयाँ अध्यक्ष खनाल चयनः लिगंदेनको आमसभामा ठुलो संख्यामा राप्रपा प्रवेश गर्दै

  • ख-
  • ख+

तनहूँ । राप्रपा भिमाद नगरपालिका पूर्वअध्यक्ष मुनाफ मियाको निधन पश्चात् रिक्त रहेको अध्यक्ष पदमा युवा नेता विष्णुभक्त खनालज्यु सर्वसम्मत चयन हुनुभएको छ । खनाललाई अध्यक्ष चयन गरि २१ जनाको कार्यसमिति पुर्नगठन गरिएको छ । साथै भिमादमा पार्टी कार्यालय उद्धघाटन नगरपालिकामा रहेका ९ वडामा पनि वडा संयोजक तोक्ने रस्थानिय तहको निर्वाचनको लागि मेयर उपमेयर सहित ९ वडामा नै उमेद्वारी दिने विषयमा पनि छलफल गरिएको राप्रपा तनहूँका अध्यक्ष बिनोद घर्तिले बताउनुभएको छ ।
साथै यही चैत्र १७ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिगंदेन प्रमुख अतिथि रहने कार्यक्रममा भिमाद नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा राप्रपा प्रवेश गर्ने तयारी रहेको पनि घर्तिको दावि छ ।
कार्यक्रममा राप्रपाकी केन्द्रिय सदस्य गौ माया श्रेष्ठ, प्रदेश सदस्य सिता थापा, उपाध्यक्ष फुलमाया कामी, जिल्ला सचिव हेतमान कायस्थ, सहसचिव राज घतान, जिल्ला प्रवक्त राजु गोतामे, २ क्षेत्रीय अध्यक्ष रामकुमारी भुषाल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?