तनहूँ । नेकपा एमाले त्याग गदै नेकपा एस् गएका तनहूँका जनप्रतिनिधी तथा स्थानिय नेताहरु नेकपा एमालेमा फर्कन थाल्नुभएको छ । आज तनहूँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा भएको कार्यक्रममा सयौको संख्यामा एमाले फर्किएको घोषणा गर्नुभएको हो । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता र स्थायी कमिटि सदस्य किरण गुरुगंको भएको कार्यक्रममा युवा संघ नेपालका पुर्व केन्द्रीय सदस्य एवं नेकपा एस्का जिल्ला सदस्य कमल ढकाल, अनेरास्ववियुका नेता गोविन्द महत , शुक्ला नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर ५ का वडाअध्यक्ष दिर्घ बहादुर थापा, पार्टी नेताहरु दिर्घ थापा , राम श्रेष्ठ ,क्षितिज थापा, रेशम सेन्चुरि अनेरास्ववियु नेता सुमन श्रेष्ठ ,मनोज वानिया , धिरज खत्री लगाएत सयौ नेता कार्यकर्ताहरु एमालेमा फर्किनुभएको छ ।
पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै प्रमुख अतिथि गुरुगंले भुलभुलैयामा परेर समाजवादीमा गएका साथीहरुलाई आफ्नो माउ पार्टीमा फर्किएर जिम्मेवारी लिदै काम गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य भगवति न्यौपाने, नेकपा एमालेकी केन्द्रिय सदस्य एवं शुक्ला नगरपालिकाकी उपप्रमुख सोबिता रसाईली, नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शुक्लागण्डकी नगर कमिटिका अध्यक्ष मुक्ति तिमल्सेना, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिका अध्यक्ष मदन तिमल्सेना, प्रेस चौतारी नेपाल तनहूँका अध्यक्ष राजकुमार श्रेष्ठ लगाएका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।













