चैत्र १७ गतेको आमसभाको बारेमा जानकारीको राप्रपाद्धारा पत्रकार सम्मेलनको आयोजना

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा चैत्र १७ गते हुने आमसभाको बारेमा जानकारी दिन राप्रपा तनहूँले एक पत्रकार सम्मेलनको आयोजना गर्यो । उक्त अवसरमा राप्रपाका अध्यक्ष विनोद घर्तिले देशको मुहार फेर्न अहिलेको समयमा नेपाली राजनितीमा आशालाग्दो पात्रको रुपमा देखिनुभएका राप्रपा नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र लिगंदेन आमसभामा आउने बताउनुभएको थियो । साथै उक्त आमसाभामा जिल्लाभरबाट ५ हजार जना कार्यकर्ताहरु उतार्ने आफ्नो लक्ष्य रहेको घर्तिले बताउनुभएको थियो ।
कार्यक्रममा पुर्व मन्त्री दुर्गा श्रेष्ठले आमसभामा अध्यक्ष लिगंदेनका साथमा उपाध्यक्ष बिक्रम पाण्डे, पुर्व अध्यक्ष पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनी, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य एवं चर्चित अभिनेत्री रेखा थापा पनि आउने बताउनुभएको थियो । उक्त अवसरमा केन्द्रीय सदस्य गौमाया श्रेष्ठले कांग्रेस र कम्युनिष्टको चालचलनबाट दिक्क भएका जनताहरुलाई राप्रपाका अध्यक्षले केहि आशा जगाएको बताउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश कि ऊपाध्यक्ष चन्द्रावती पन्थ, प्रदेश सदस्य सिता थापा लगायत जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?