व्यास ४ का वडा सदस्य गुरुङ नेकपा एस् परित्याग गरि एमालेमा फर्किए

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ का वडा सदस्य मनबहादुर गुरुङ समाजवादी परित्याग गरि एमालेमा फर्किनुभएको छ । आज एक हस्तलिखित वित्रप्ति जारि गर्दै गुरुगंले न्यायप्रमी जनताको सुख दुःखमा सधै सारथीको रुपमा रहदै सुखी नेपाली समृद्ध नेपाली नाराका साथ अगाडि बढिरहेको पार्टी र कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने उद्धेश्यका साथ गठन भएको कथित नेकपा एकिकृत समाजवादी हामी जस्ता ईमान्दार कार्यकर्तालाई भ्रमित पार्दै लगेकोमा त्यो भ्रमबाट मुक्त भई आफ्नो प्यारो पार्टीमा फर्कन्छु भन्नुभएको छ । जनतामाझ लोकप्रिय गुरुगंको फिर्ति पछि उक्त वडामा नेकपा एमाले पहिलाको भन्दा बलियो अवस्थामा पुग्ने त्यसक्षेत्रका नेकपा एमालेका कार्यकर्ताको भनाई रहेको छ । केहि दिन अगाडि नेकपा एमालेका उपमहासचिव पृथ्वी सु्व्वाको उपस्थितिमा शुक्लागण्डकी वडा अध्यक्षहरु पनि नेकपा एमालेमा फर्किनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?