तनहूँ । तनहूँको दमौलीमा आयोजित आठौं तनहूँ महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले समापन गर्नुभएको छ । उक्त महोत्वको समापन गर्दै मन्त्री खाँडले देश बिकासको लागि गठबन्धनको आवश्यकता रहेको बताउनुभएको थियो । संविधान रक्षाका लागि पनि गठबन्धन गरिराख्नुपर्ने भएकोले स्थनिय नेताहरुले आवश्यकता अनुसार गठबन्धनलाई अगाडि बणउन पहल गर्नुपर्ने बताउनुभएको थियो । प्रमुख अतिथि खाँडले केहि समय अगाडि दमौलीमा भएको आगलागीको क्षतिको बारेमा सरकारले गम्भिरतापूर्वक विचार विमर्श गरिरहेको बताउनुभएको थियो ।
चैत्र १० गतेदेखि २१ गते सम्म चलेको महोत्सवको समापन कार्यक्रममा जलस्रोत तथा खानेपानी मन्त्री उमाकान्त चौधरि , नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्धय शंकर भण्डारी , ध्रुव वाग्ले , राष्ट्रिय सभा सदस्यहरु भगवती न्यौपाने , प्रकाश पन्त , कलिला खान , प्रदेश मन्त्री दोवाटे वि.क. , प्रदेश सभा सदस्य सरिता गुरूङ , उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ , जिल्ला समन्वयका सभापति शान्तिरमण वाग्ले , उद्योग वाणिज्य संघ तनहूँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ , पुर्व अध्यक्ष मानकाजी श्रेष्ठ , सुवोध अधिकारी लगायतका वक्ताहरूले मन्तब्य राख्नुभएको थियो ।








