तनहूँ । तनहूँको व्यास नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उमेदवारी दिन लाग्नुभएका दिपकराज जोशीले आफ्नो सम्पर्क कार्यालयको आज उद्धघाटन गराउनुभएको छ । उक्त कार्यालयको उद्धघाटन संविधानसभा सदस्य उर्मिला थापा र पत्रिका वितरक कृष्णप्रसाद पोखरेलले सम्युक्त रुपमा गर्नुभएको हो ।
केहि महिना अगाडिदेखि नै व्यासमा मेयर पदमा उमेदवारी दिनुभएका जोशीले व्यास नगरलाई बनाउनको लागि त्यसभित्र रहेका बेथितिहरुलाई निमिट्यान्न पार्नका लागि आफुले मेयरमा उमेदवारी दिन लागेको बताउनुभएको थियो । क्याप्टेन रेशमबहादुर गुरुगंको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरु सुकुमलाल गुरुगं र हरिशरण पण्डितले नेपाली कांग्रेसमा भएको बेथिति र व्यास नगरपालिकामा देखिएको बेथिति सुधारका लागि पनि दिपकराज जोशीलाई विजयी बनाउन आवश्यक रहेको बताउनुभएको थियो । दमौली बजारको पदमचोकमा स्थापना गरिएको कार्यालयमा आई सल्लाह दिनुहुन पनि उक्त अवसरमा जोशीले आग्रह गर्नुभएको थियो ।















