व्यास १३ मा अध्यक्ष उमेदवार छनौटको लागि कांग्रेसको उमेदवार कुर्दै एमाले

  • ख-
  • ख+

तनहूँ । तनहूँ व्यास नगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसका १३ जना आकांक्षीहरु देखिएपछि नेकपा एमाले हौसिएको छ । वडामा टिकट हात पार्न धेरै जना आकांक्षी देखिने, मनमुटाव हुने र यसभन्दा अगाडिका जनप्रतिनिधिले बिकास निर्माणका काममा केहि गर्न नसकेको आधार देखाएर आफ्नो पार्टीलाई चुनाव जित्न सहज हुने नेकपा एमाले व्यास १३ ले आंकलन गरेको छ ।
यसभन्दा अगाडि हाम्रो वडामा नेपाली कांग्रेसका उमेदवारहरुले जितेपनि वडाको बिकासमा केहि कामै भएको छैन । बेलबासको तटबन्ध, बेनिकोट मोटर मार्ग पिच अनि छाब्दि खोलाको बेलिबृज लगाएतका कामहरु गर्न हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरु नै अग्रसर हुनुपर्यो एमालेका अध्यक्ष पदका एक आकांक्षीले बताउनुभएको छ ।
२४ गते शुक्रवार हुने नेकपा एमालेको व्यास १३ मा हुने उमेदवार छनौट कार्यक्रममा ललित पाण्डे, मेघनाथ आचार्य र छविललाल थापा मगर छनौट हुने उक्त क्षेत्रका नेकपा एमालेका स्थानिय नेता तथा कार्यकर्ताको भनाई रहेको छ ।
व्यास १३ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उमेदवार हुन चाहनेहरुमा गोविन्द गिरी, रेशम बि.क., एकराज तिवारी, बसन्त आले, अशोककुमार पन्थ, दयानिधी नराल, माधब पन्थ, सृजना तिवारी, मधुमाया बि.क., लक्ष्मी कान्त मिश्र, हरिचन्द्र पन्थ, ईश्वरराज पन्थ र भरतराज पन्थ रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?