व्यास १० को दाजुभाई गाई फर्ममा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना

  • ख-
  • ख+

तनहूँ । दाजुभाई गाई फर्म व्यास १० ले नेपाल लाइभस्टक इनोभेसन सेक्टर आयोजना ९ल्क्क्ष्ए० को पुरक अनुदान सहयोगमा संचालित सार्वजनिक सुनुवाई कार्यक्रम फर्मका प्रोपाईटर रमेश तिमल्सेनाको अध्यक्षतामा सम्पन गरेको छ ।

विकेन्द्रिकत आयोजना सहयोग इकाई पोखरा का डा. प्रकाश अधिकारीले कृषि नितिहरु , कृषकहरुको स्थर उन्नतिको लागि यस्ता खालका कार्यक्रमहरु आएको बताउनु भयो ।
किसानहरु दुई थरि हुने, एक थरी दुः ख गरेर काम गर्ने किसान र अर्का थरि अनुदान मात्र खाने खालका किसान रहेका बताउनुभएको थियो । पशुपालन गर्नको लागि पराल, दाना ल्याएर फर्म चलाउन कठिन हुने त्यसको लागि घाँस उत्पादन गरेर फर्म चलाउदा फाईदा हुने समेत बताउनु भएको थियो ।
२४८ जनाको फर्म छनोटको लागि निवेदन परेको र फिल्डमा हेरेपछि २०० वटा फर्म छनोट परेको थिए । त्यस मध्येबाट दाजुभाई गाइ फर्मका भैषी निकै राम्रो भएको कारणले यो फर्म परेको समेत बताउनुभयो । दाजुभाई गाई फर्मलाई ४५ लाख परेको र यो फर्मले आफुले पनि ४५ लाख लगानी गरेर ९० लाखको संरचना बनाउनु पर्ने संरचना कास्तो खालको हुनुपर्ने र कस्तो हुने भने बारेमा सबै कुराहरु सम्झौता गर्ने भेलामा जानकारी दिइएको पनि जानकारी दिनुभयो । यस कार्यक्रम नेपाली काङ्रगेसका क्षेत्र नम्बर १ का सचिव इश्वर पौडेलले यस खालका अनुदानले कृषकको मनोबल बढेको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले व्यास १० का अध्यक्ष मदन तिमल्सेनाले कृषकहरुको लागि जति सरकारले भन्दै आए पछि त्यस अनुसारको दुः ख गर्ने कृषकले अनुदान नपाएको , डिजेल, पेट्रोलियम पर्दाथहरुको यसरी मुल्य बृद्वि भएको समस्याले गर्दा कृषकहरु फर्म संचालन गरेर बस्नभन्दा विदेश जान बाध्य भएको बताउनुभएको थियो ।
व्यास १० का वडा अध्यक्ष तुलसिराम सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्रगेस व्यास १० का सभापति प्रेमराज मिश्र,नेकपा माओबादी केन्द्रका नेता हरिविलास अधिकारी, तनहूँ दुग्ध उत्पादक सहकारीका अध्यक्ष अम्वर कुवर सर्व ज्योति मा. बि. व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, डिहिकुना टोल विकास संस्थाका अध्यक्ष कालिका पौडेल, सेवर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिभक्त अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तनहुँ जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका संगम पोखरेल, पशु विकाश शाखाका डा. मनोज वि.क. लगायतका महानुभावहरको उपस्थिति रहेको थियो । कार्यक्रममा दाजुभाई गाइ फर्मका प्रोपाइटर रमेश तिमल्सेनाले आफ्नो फर्ममा ६२ वटा भैसि र ५ बटा गाई भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?