तनहूँ । व्यास नगरपालिका वडा नं. २ को निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार र नेकपा एमालेका उमेदवारहरु बिच रोचक भिडन्त हुन गईरहेको छ । दमौली बजारको सानो वडामा नेपाली कांग्रेसबाट २१ जना व्यक्तिहरुले वडा अध्यक्षको उमेदवार हुने चाहना राख्नुभएको छ भने नेकपा एमालेबाट पनि ५ जना आकांक्षीहरु देखिनुभएको छ ।
नेपाली कांग्रेसबाट आकांक्षा राख्नेहरुमा राजकुमार श्रेष्ठ राकु, जुनराज श्रेष्ठ, लालबहादुर थापा, कल्पना पोखरेल, सुरेश वाग्ले, सूर्यनाथ खनाल, सुकनारायण मल्ल, कृष्णहरि गैर्हे , पविन्द्र भट्राई, सुरेश पुरी, दिर्घबहादुर थापा क्षेत्री, काशीराम श्रेष्ठ, सूर्यभक्त अधिकारी, टुकबहादुर हमाल ठकुरी, सूर्जकुमार मल्ल, तिलबहादुर थापा, बैकुण्ठनाथ मिश्र, नोमा थापा, बिष्णुकुमार मल्ल, भगवती श्रेष्ठ र चिरकाजी बतास हुनुहुन्छ भने नेकपा एमालेबाट अर्जुन कुमार श्रेष्ठ, महेन्द्र रिजाल, रामजी लौडारी, प्रेमकुमार श्रेष्ठ र मालिका पन्थ उमेदवार बन्नुभएको छ ।
पटक पटक व्यास २ को अध्यक्षमा नेपाली कांग्रेसका उमेदवारलाई विजयी बनाए पनि बजारक्षेत्रको वडाले केहि विकासको अनुभुति गर्न नपाएको कारणले पनि यसपटकको निर्वाचनमा दमौली बजारको वडा नं. २ निवासी सचेत नागरिकहरुले एकपटक नेकपा एमालेलाई विजयी गराउने पार्टीले अध्यक्षको पदको उमेदवार बनाउने विश्वास लिनुभएका महेन्द्र रिजालको धारणा रहेको छ ।








