बैकुण्ठ न्यौपानेद्धारा व्यासको मेयरमा दोहोरिने चाहना व्यक्त

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाका वर्तमान् मेयर बैकुण्ठ न्यौपानेले आफु फेरि व्यासको मेयर बन्न चाहेको चाहना व्यक्त गर्नुभएको छ । आज विहान दमौलीमा एक पत्रकार सम्ममलेनको आयोजना गरि उहाँले व्यास नगरपालिकाका अधुरा योजनाहरु अघि बढाउन अरुलाई भन्दा आफुलाई सहज हुने भएकोले आउदै गरेको स्थानिय निर्वाचनबाट व्यास नगरपालिकाको मेयरमा दोहोरिन चाहेको धरणा व्यक्त गर्नुभएको हो । उक्त अवसरमा उहाँले आफुले व्यासमा मेयर भएर आएपश्चात थुप्रैकामहरु गरेको र थुपै योजनाहरु अगाडि बढाईएकोले त्यस्को लागि पनि आफ्नो आवश्यकता रहेको बताउनुभएको थियो ।


नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापनि , नेपाली कांग्रेस व्यास नगरका नगर सभापति सूर्यचन्द्र हड्खले, उपसभापति शोभा बडु अधिकारी, लगायतका केहि वडाका वर्तमान् वडाअध्यक्षहरु सहित आयोजित आकांक्षी घोषणा कार्यक्रममा न्यौपानेले पत्रकारहरुको प्रश्नहरुको जवाफको उत्तर दिनुभएको थियो ।

नेपाली कांग्रेसकोतर्फबाट न्यौपाने सहित १५ जना आकांंक्षी व्यासको मेयरको दावी गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?