जीवन रक्षाको लागि सहयोगको अपिल

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ५ चापाटार निबासी बर्ष ४२ का मदन भुजेल कमलपित्त (जन्डीस) बाट ग्रसित भई अस्पतालको बेडमा छट्पटाइ रहनुभएको छ । उहाँको पेट अस्वभाविक रुपमा फुलेको छ । भारतमा बसी मजदुरी गरिरहेका उहाँलाई सो रोगले ग्रसित बनाएपछि भारतीय साहुले काम बाट निकाली नेपाल पठाएका थिए । उहाँको श्रीमती, दूई छोरा र एक छोरी रहनुभएको छ ।
आर्थिक अवस्था कमजोर भएर दैनिक छाक टार्न समेत हम्मेहम्मे पर्ने यो परिवारलाई सरकारी अस्पतालमा उपचार गर्न समेत कठिन रहेको छ। उपचारबाट निको हुने रोग भएता पनि आर्थिक अभावको कारण ज्यान जाने अवस्था सृजना भएको हुँदा परिवारले सबैसँग आर्थिक सहयोगको लागि अपिल गरेको छ । उहाँको उपचारको लागि सहयोगी गर्न इच्छुक महानुभावहरुले भुजेलका पिता राम बहादुर भुजेलको कैलास विकास बैंकमा रहेको खाता नं.००४९०००५७६०६ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
थप जानकारीको लागि ९८२९१३८५३८ र ९८२६६००३३३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?