नेबिसंघका नेता रवि मिश्रद्धारा व्यास १० को अध्यक्षमा स्वतन्त्र उमेदवारी दिदै

  • ख-
  • ख+

तनहूँ । नेपाल बिद्यार्थी संघको राजनीति गर्नुभएका नेबिसंघका युवा नेता रवि मिश्रले व्यास नगरपालिका वडा नं. १० को अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिन लाग्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको आकांक्षी बनिरहदा किन स्वतन्त्र उमेदवारी भन्दा मिश्र ”पार्टीले राम्रो होईनहाम्रो मान्छे भन्दै टिकट बाड्ने संस्कार बढिरहेको बेला म जस्तो व्यक्तिले टिकट पाउने सम्भावना अत्यन्तै न्युन रहेकोले स्वतन्त्र उमेदवारी दिने निर्णय गरेको छु ” भन्नुभएको छ ।
”नेताहरुले गठबन्धनको नाममा अनेक गर्दा केहि कारवाही नहुने हामीलाई चाँहि राम्रो वडा बनाउन सक्ने मान्छेलाई टिकट दिनुस् भन्दा कारवाही गर्ने ? कतिलाई कारवाही गरेर सक्दो रहेछ पार्टीले हेरौला नि ” भन्नुहुन्छ ।
कलेज अध्यययनका क्रममा नेबिसंघ पोखराको सदस्य, नेबिसंघ आदिकवि भानुभक्त क्याम्पस इकाई उपसभापति, नेबिसंघ जिल्ला सदस्य, नेबिसंघ केन्द्रीय सदस्यको उम्मेदवार, नेबिसंघ आमन्त्रित केन्द्रीय सदस्य लगायतका विभिन्न पदहरुमा रहेर बिद्यार्थी राजनीति तथा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मिश्र ”आफुले पार्टीमा मौलाईरहेको ठेकेदारी प्रथाको विरुद्ध स्वतन्त्र उमेदवारी दिन” लागेको बताउनुभएकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?