तनहूँ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि व्यास ५ चापाघाट नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालयको स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार दिपकराज जोशिले व्यासनगरपालिकामा सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै अहिलेको नेतृत्वले नगरको बिकास ५ बर्ष पछि पारेको आरोप लगाउनुभयो । त्यस्तै उपमेयरको उम्मेदवार बसुन्धरा घर्तीले व्यासको नेतृत्व परिवर्तन गरेमा व्यासको बिकास हुने दाबी गर्नुभएको छ ।
व्यास ५ बाट नेकपा एमालेको वडाअध्यक्ष उम्मेदवार बिष्णुकुमार श्रेष्ठ हिमाल रहनुभएको छ भने वडा सदस्यमा मनमाया श्रेष्ठ,मनुमाया बि.क., मदन पण्डित र जोशी समुहबाट बबिन्द्र खनाल उम्मेदवार हुनुहुन्छ ।









