व्यास नगरलाई समृद्ध वनाईनेछ दीपक राज जोशी

  • ख-
  • ख+

वि वि श्रेष्ठ । स्वतन्त्र समुहवाट व्यास नगरपालिकाका मेयर पदमा उम्मेदवार दिनुभएको दीपकराज जोशीले व्यास नगरलाई समृद्ध वनाईने वताउनुभएको छ । राजनैतिक केन्द्रको रुपमा रहेको तनहुँ त्यहाँमाथी पनि व्यास नगरपालिका अझै पनि पुरानै युगमा हुनु नेतृत्वको असक्षमता भएको समेत वहाँले वताए । तनहुँका सदरमुकाम दमौलीमा अझै पनि दमकल नहुनुले व्यास नगरपालिकाको शिर निहुरेको समेत वहाँले वताए ।
नेकपा एमाले तनहुँ सँग चुनावी तालमेल गरेर चुनावमा होमिएको दीपक राज जोशीले अव तनहुँको जनताले परिवर्तन चाहेको हुदाँ आफुले जित्ने दावी समेत वताए । सधै एउटै असफल व्यक्ति जनताले चाहेका हैनन, त्यसको जवाफ जनताले अवको चुनाव मार्फत दिने समेत वहाँले वताए ।
त्यसैगरि व्यास नगरपालिकाका नेकपा एमाले तर्फका उपमेयर वसुन्धरा घर्तिले वर्तमान नगरप्रमुख असफल सिद्ध भईसकेको समेत वताए । सधै असफल व्यक्तिको शासनले जनतामा वितृष्णा जागेको हुदाँ अव व्यास नगरमा एमालेको झण्डा फहरिने समेत वहाँले वताए ।
त्यसैगरि कार्यक्रममा नेकपा एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारीले व्यासनगरका मेयर वैकुष्ठ नयौपाने पुर्ण रुपमा असफल भएको वताए । ठुला ठुला योजना र कार्यक्रममा समेत मेयरले उपेक्षा गरेर सिङ्गो तनहुँवासीको भविश्वसँग खेलवाड गरेको समेत वहाँले वताए । व्यास नगरपालिकामा जोशी समुहको मेयर र नेकपा एमाले सँग उपमेयर लिने गरि चुनावी तालमेल भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?