तनहूँ । आफ्नो गाउँ टोल, छरछिमेको बिकास गर्नको लागि ठुलो पदमा होईन सानै पदमा भएपनि गर्न सकिन्छ भन्ने बिचारधारा बोक्नुभएका व्यास १ का वडा सदस्य पदका स्वतन्त्र उमेदवार रामकृष्ण क्षेत्रीको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिए को छ ।
रामकृष्ण क्षेत्री युवा बिचार भएको, भिजन भएको र समाजसेवामा रुचि राखि पद सानो ठुलो नभनिकन जनताको लागि काम गर्न चाहने व्यक्ति भएकोले नै आफु अरु पार्टीमा भएपनि उहाँको अभियानलाई साथ दिन प्रचार प्रसारमा हिडेको घरदैलो कार्यक्रममा भेटिनुभएका एक युवाको भनाई थियो ।
म आफ्नो टोल , छरमिेक गाउँको बिकास गर्नुपर्छ भन्ने मान्यता राख्छु त्यसैले मत पाउने आशाका साथ उमेदवारी दिएको हुँ । घरदेलोका क्रममा भेटिनुभएका क्षेत्रीको भनाई रहेको थियो । सबैजना ठुलो ठुलो पद ताक्दा तपाईले जनताको सेवा गर्न सानै पदमा भएपनि उमेदवारी दिनुभयो हामी एकदम प्रभावित भएका छौ सर्वसाधारणहरुले भनेको सुनेर मत पाउने आशा लागेको छ क्षेत्रीको भनाई छ ।
व्यास नगरपालिका १ मा वडा सदस्य पदको स्वतन्त्र उमेदवारी दिनुभएका क्षेत्रीको चुनाव चिन्ह दुईवटा कैची रहेको छ ।








