फोहोरी राजनीति सफा गर्नको आएको बताउदै मध्यनेपाल ४ का वडा अध्यक्षका उमेदवार सूर्य देशभक्त अधिकारी

  • ख-
  • ख+

युवा व्यक्तित्व एवं समाजसेवी सूर्यदेशभक्त अधिकारी फोहोरी राजनीति सफा गर्न लागि कोहि न कोहि त अगाडि बढ्नुपर्छ भन्दै निर्वाचनमा होमिनुभएको छ । लम्जुगं जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिदै उहाँ निर्वाचनमा होमिनुभएको हो । समाजमा राजनीति फोहोर भयो, राजनीतिकर्मीहरु भ्रष्टाचारी भए, कमिशनको चलखेल भयो भनिरहे पनि त्यस्को सामाधान म गर्छु भनेर कोहि त अगाडि बढ्नु पर्छ म आफु वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिदै अगाडि बढेको अधिकारीको भनाई छ ।
वडामा न त समस्याहरुको समाधान भएको छ न त सम्भावनाहरुको खोजि भएको छ , घरदैलो जाँदा मतदाताहरुको गुनासो सुन्दा लाग्छ आफु बन्ने भन्दा कसैले केहि गरेन त्यसैले वाचा गरेर वडाको मुहार फेर्छु , गर्व गर्न लायक वडा बनाउछु भनेर लागेको छु घरदैलो गर्दै भोट माग्दै हिड्नुभएका अधिकारीको भनाई छ । वडावासीले हाम्रो होईन काम गर्न सक्ने, प्रष्ट विचार भएको उमेदवारलाई मत दिने भएकोले विजयी हुनसक्छु भन्ने आत्मविश्वास पलाएको छ अधिकारीको दावी छ ।
युवा जोश र भिजनका साथ मतदाताहरुसग भेटघाट गरिरहनुभएका अधिकारीको चुनाव चिन्ह गुलाफको फुल रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?