राँगाले हानेर लमजुङमा बुवाको मृत्यु, छोरी घाइते

  • ख-
  • ख+

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ कुम्रुकमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतबार विहान ६ बजेको समयमा राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनको छोरी २० वर्षकी रबिना भने घाइते भएकी छिन् ।

आफैंले पाल्दै आएको राँगालाई बाँध्ने भन्दै गोठ नजिँदै जाँदा राँगाले नेपालीलाई हानेको थियो ।

घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

बाटोमा अवस्था गम्भीर भएपछि सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित भोटेओडार अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । मान्छे हान्दै हिँडेपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?