तनहूँ । व्यास नगरपालिका वडा नं. ५ को स्थानिय निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । उक्त वडा मा वडा अध्यक्ष उमेदवारको रुपमा नेपाली कांग्रेसबाट यज्ञप्रसाद खनाल, नेकपा एमालेबाट बिष्णुकुमार श्रेष्ठ ( हिमाल) र नेकपा माओवादी केन्द्रबाट ईश्वर बस्याल मैदानमा हुनुहुन्छ ।
यसभन्दा अगाडिको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार मोहन कुमार श्रेष्ठ वडा अध्यक्ष निर्वाचन हुन सफल भएपनि मतदाताहरु थपिएको र अन्य उमेदवारहरु पनि सबैमाझ लोप्रिय भएको कारण अहिलेको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारलाई विजयी हुनको लागि अत्याधिक बल गर्नुपर्ने देखिएको छ ।
पुरातन सोच भएका र हामी जन्मजात कांग्रसी हौ कांग्रेसको जो उमेदवार भएपनि भोट दिन्छौ भन्नेहरुका बिच यज्ञपसाद खनाल पपुलर हुनुहुन्छ भने शहरी क्षेत्रमा नेकपा एमालेका उमेदवार हिमाल श्रेष्ठ राम्रो प्रभाव रहेको मानिन्छ । युवा पुस्तामाझ चर्चित नेकपा माओवादी केन्द्रका उमेदवार ईश्वर बस्यालको ग्रामिण क्षेत्रमा राम्रो प्रभाव मानिएको छ ।








