तनहूँ । तनहूँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर. ६ ले सेवाग्राहीको सहजतका लागि टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ । वडाबासीको सहजीकरण र वडाको विकास बारेमा सोधपुँच तथा समस्या टिपाउनको लागि फोन गर्दा पैसा नलाग्ने नम्बरः १६६०६५५२००३ सञ्चालनमा ल्याएको वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । आफूले चुनावको बेलामा वडाबसीहरुलाई वडाको सेवाको बारेमा जानकारी लिनको लागि टोल फ्री नंबर को व्यवस्था गर्न प्रतिबद्धता गरेको र सोही अनुरूप वडामा टोल फ्री नंबर को व्यवस्था गरेको थापाले जानकारी दिनुभयो ।
सेवाग्राहीको हितलाई ध्यानमा राखेर पैसा नलाग्ने फोन नम्बर जडान गरेर वडा अध्यक्ष थापाले जनमुखी काम गर्ने संकेत दिएको उत्तः वडाका बासिन्दाको भनाई रहेको छ । शुक्लागण्डकी नगरपालिका, ६ नं को वडा कार्यालय, खैरेनीटारमा रहेको छ ।








