तनहूँ । खेतिपाती र अन्नवालीको लागि अत्यावश्यक रसायनिक मल उपलब्ध गराउन राष्ट्रिय युवा सघं नेपाल शुक्लागण्डकी नगर कमिटिले शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णराज पण्डितलाई आग्रह गरेको छ । आज राष्ट्रिय युवा सघं नेपाल शुक्लागण्डकी नगर कमिटिले एक विज्ञप्ति बुझाउदै कृषकहरु मारमा परेको हुनाले नगरपालिकाले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताएको छ । बजारमा रसायनिक मलको हाहाकार भईरहेको अवस्थाले गर्दा कृषि उत्पादन घट्ने भईरहेकोले त्यसतर्फ पनि नगरपालिकाको ध्यान जानु जरुरी भएको राष्ट्रिय युवा सघं नेपाल शुक्लागण्डकी नगर कमिटिका पदाधिकारीले बताउनुभएको छ ।








