तनहूँका किसान श्रेष्ठलाई पार्टीले मन्त्रीबाट हटाउने , किसानको ठाउँमा शेरबहादुर आउने

  • ख-
  • ख+

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताउनुभयो ।

अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नहुनेछ भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुहुनेछ । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुहुनेछ ।
उहाँका अनुसार तनहूँबाट मन्त्री परिषद्मा प्रतिनिधित्व गर्नुभएका कृष्णकुमार श्रेष्ठ किसान पनि यसपटकको मन्त्री मण्डलका सदस्यहरुहो हेरफेरबाट विस्थापित हुनुहुनेछ । त्यसैगरि नेकपा एकिकृत माजवादीबाट मन्त्री बन्नुभएका अन्य मन्त्रीहरु स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ हट्नुहुनेछ । ( अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?