काठमाण्डौ । नेपाली कांग्रेसका वष्ठि नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेलको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको भईंरहेको छ । घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते संज्ञा पौडेल पोखरेल गम्भीर घाइते हुनुभएको हो ।
काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार लडेर पोखरेल गम्भीर घाइते हुनुभएकी संज्ञा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एंव कास्कीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
उहाँको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ।








