काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुने बताउनुभएको छ ।
मंगलबार मन्त्री श्रेष्ठले स्वीट्जरल्याण्डको जेनेभामा भएको ११० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पूर्ण रुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता रहेको बताउनु भएको हो ।
‘सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको छ,’ उहाँले भन्नुभयो ।
नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडि बढाएको बताउदै उहाँले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औधोगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे पनि सम्मेलनमा जानकारी गराउनुभएको थियो ।








