तनहूँका राजेन्द्रकेशरी न्यौपाने नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य चयन

  • ख-
  • ख+

काठमाण्डौ । तनहूँका राजेन्द्रकेशरी न्यौपाने नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित हुनुभएको छ । गत पुसमा भएको ८ औं महाधिवेशनमा नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्रले तेस्रो केन्द्रीय समिति बैठकमा न्यौपानेलाई केन्द्रिय सदस्य बनाएको हो । लामो समय देखि माओवादी आन्दोलनमा सक्रिय रहनुभएका न्यौपाने व्यास नगरपालिका वडा नं. ५को बासिन्दा हुनुहुन्छ भने उहाँ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको संयोजक पनि हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?