काठमाडौंस्थित भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा आत्महत्या

  • ख-
  • ख+

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।

३२ वर्षीय ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।’ यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?