पर्यटन व्यवसायी महेश महर्जनद्धारा ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा उमेदवारी घोषणा

  • ख-
  • ख+

काठमाण्डौ । ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा सफल पर्यटन व्यवसायी महेश महर्जनको उमेदवारी दिनुभएको छ । सफा, सुन्दर, सुरक्षित, र सभ्य ठमेल हाम्रो चाहना भन्ने नाराका साथ महर्जनले अध्यक्ष पदका प्रत्यासी ध्रुव अधिकारीको समावेशी समुहबाट उपाध्यक्ष पदमा उमेदवारी दिनुभएको हो ।
ठमेलको स्थानिय व्यक्ति, घरधनि अनि पर्यटन व्यवसायी पनि रहेको हुनाले ठमेललाइृ कसरी बचाउन, जोगाउन र चलाउन सकिन्छ भन्ने भिजन आफुसग भएको कारणले आफुले उमेदवारी दिन लागेको र संस्थाको भलो चाहने सबै सदस्य महानुभावहरुलाई आफु र आफ्नो समुहलाई मत दिई विजयी बनाउन महर्जनले आग्रह गर्नुभएको छ ।
लामो समयदेखि पर्यटन व्यसायको बिकास र उत्थानमा खटिनुभएका महर्जनको उमेदवारीलाई ठमेल पर्यटन विकास परिषद्का सदस्यहरुले सकारात्मक रुपमा लिएको ठमेलका पर्यटन व्यवसायीहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?