ठमेल पर्यटन बिकास परिषद्को अध्यक्षका आकांक्षी धुव्र अधिकारीको समुहद्धारा आज ६ बजे पत्रकार सम्मेलनको आयोजना

  • ख-
  • ख+

काठमाण्डौ । ठमेलको पर्यटन प्रर्वद्धनमा अहोरात्र खटिनुभएका व्यवसायी धुव्र अधिकारीले ठमेल पर्यटन बिकास परिषदमा अध्यक्ष पदमा उमेदवारी घोषणाको लागि पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्नु भएको छ । उक्त पत्रकार सम्मेलनमा अधिकारीको अध्यक्ष पदमा उमेदवारी घोषणासगै अन्य पदाधिकारीहरुले पनि उमेदवारी घोषणा हुने बताईएको छ ।
विदेशी पर्यटकलाई मात्र होईन ठमेलमा स्वदेशी पर्यटकहरुलाई पनि आर्कषित गर्न विभिन्न योजनाहरु आवश्यक रहेको र कोरोना महामारीदेखि सुस्ताएको ठमेलको पर्यटन व्यवसायलाई पुनः जिवन्त बनाउने योजना सहित आफ्नो आफ्नो समुहको उमेदवारी रहने अध्यक्ष पदको प्रत्यासी बन्न लाग्नुभएका अधिकारीको भनाई रहेको छ ।
अधिकारीको समावेशी समुहबाट उपाध्यक्ष पदमा ठमेलका पुराना व्यवसायी महेश महर्जन उपाध्यक्षको उमेदवार बन्दै हुनुहुन्छ ।
आज बुधवार साँझ ६ बजे ठमेलको Hotel Buddy मा पत्रकार सम्मेलनको आयोजना हुन गईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?