तनहूँ । व्यास नगरपालिका वडा नं. ५ काउरेभट्टी बस्ने हर्कमान सुनारको मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ परेको छ । हर्कमानको आफ्नै घरभित्र पार्किङ गरी राखेको ग १७ प ५०१ नं. को मोटरसाइकल चोरी गर्ने व्यास नगरपालिका वडा नं. ५ काउरेभट्टी बस्ने बर्ष १८ को कमल कुमाललाई चोरी भएको मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय तनहूँको टोलीले पक्राउ गरको हो । असार ३ गते बेलुकी दमौली बजार पारि वडा नं. ५ पाटनमा निज कमललाई मोटरसाईकल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभको छ । निजलाई असार २८ गते तनहूँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी तनहूँले जनाएको छ ।








