ध्यानाचार्य सदगुुरू खेमराज अधिकारी (प्रकाश) द्धारा १ सय पटक रक्तदान पुगेको रेकर्ड राख्नुभएको छ । व्यास जयन्ती गुरु पूर्णिमा तथा स्वयं ध्यानाचार्य सद्गुरू खेमराज अधिकारी ( प्रकाश) को शुभजन्मोत्सवको अवसरमा दमौलीमा रक्तदान कार्यक्रममा रक्तदान गरेपश्चात उहाँले रक्तदान गरेको १ सय पटक पुगेको छ ।
”जिवनमा रक्तदानभन्दा ठुलो दान केहि नभएकोले आफु पटक पटक रक्तदान गर्न प्रेरित भएको” उक्त अवसरमा सद्गुरु खेमराजले बताउनुभएको थियो ।
व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति रहेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेको सद्गुरू खेमराज अधिकारीले बताउनुभएको छ ।








