तनहूँ । तनहूँको भानु नगरपालिकाका ४८ वटा विद्यालय र कर्मचारीहरुको मिलेमतोमा विद्यार्थीहरुको दिवा खाजाको रकम हिनामिना भएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार नगरपालिकाका ५७ विद्यालयका ३ हजार ६ सय ६२ विद्यार्थीका लागि माघदेखि वैशाखसम्म ९९ दिनको ५४ लाख ३८ हजार रुपैयाँ दिवा खाजा रकम निकास दिएको छ । तर विद्यालयको प्रमाणित हाजिरी रुजु गर्दा यी नगरपालिकाका ४८ विद्यालयमा विद्यार्थीको हाजिरीभन्दा १७ लाख ३४ हजार रुपैयाँ बढी भुक्तानी भएको देखिएको छ ।
कर्मचारीहरुले ४८ विद्यालयका सम्बन्धित व्यक्तिहरुसग कमिशनको माग गरि कमिशनको लोभमा प्रमाणित हाजिरी जाँच नगरि १७ लाख ३४ हजार रुपैयाँ बढि भुक्तानी गरेको भेटिएको छ ।
कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकम भुक्तानी, विद्यार्थी उपस्थित नभएको दिन पनि बिद्यार्थी आएको, आजा खाएको खाएको देखाई कर्मचारीले कमिशनको लोभमा रकम बाड्न थालेपछि ”भानु नगरपालिकाको शिक्षा क्षेत्रको अवस्था झनै बिग्रने” उक्त क्षेत्रका बुद्धिजिविहरुको भनाई छ । यसै बिषयमा रकम बढि भुक्तानी लिने ४८ मध्ये १ विद्यालयका प्रतिनिधिसग जिज्ञासा राख्दा ”मुल नै फोहोर छ भने कसरी सफा पानीको आशा गर्नु ” भन्नुभएको छ ।
पछिल्लो समयमा प्रमुख प्रशसकिय अधिकृतले मासिक १ लाख ५० हजार भाडा तिरेर गाडि चढ्नु , विद्यालय बन्द भएको, विद्यार्थी उपस्थित नभएको दिनको रकम भुक्तानी लगायतका कार्यहरुले आदिकवी भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिका बदनामीको शिखरमा चढ्दै गईरहेको छ ।
महालेखा परिक्षकको कार्यालयले बिद्यालय बन्द भएका बेला दिवा खाजाको लागि छुट्याएको रकम हिनामिना गरेपछि उक्त रकम असुल उपर गर्न निर्देशन दिएपछि प्रमुख प्रशासकिय अधिकृतलाई टाउको दुखाईको बिषय भएको छ । प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल ”विवादमा आईरहने नगरपालिकामा हाकिम भएर बस्नुभन्दा भानु नगरपालिकाबाट बिदाई हुने मनसाय लिएको” विश्वस्त श्रोतको भनाई रहेकोछ ।








