विद्यार्थीहरुलाई सहयोग गर्दै जीवन सेवा अभियान

  • ख-
  • ख+

तनहूँ । २०७५ सालमा आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनको यात्रामा सहयोग गर्ने अभिप्रायले तनहूँको दमोलीमा रहेको आध्यात्मिक संस्था जीवन सेवा अभियानले विद्यार्थीलाई अध्ययनमा टेवा पुर्याउने खालको पोशाक, स्टेसनरी, उत्प्रेरणा कार्यक्रम गर्दैै सहयोग गर्दै आएको छ । संस्थाले विद्यार्थीहरुको व्यक्तित्व नेतृत्व, बोलीचाली, संस्कार, संस्कृति, व्यवहारमा सकारात्मक परिवर्तन गर्न सकिने विश्वास गरी असार ३१ गतेका दिन निर्मल मा.वि. दमौली,तनहूँमा अस्मी दवाडीको अध्यक्ष सहित ११ नया कार्य समिति चयन गरिएको छ । निर्मल मा.वि. को कार्यक्रममा बोल्दै आदिकवि भानुभक्तका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसमा जीवन सेवा अभियानले गरेको कामको उच्च प्रशंसा गर्दै विद्यार्थीको जीवनमा आई पर्ने समस्या देखि नडराई आफ्नो गन्तव्य पूरा गर्न सहयोग गर्न सक्ने भएकोले सबै विद्यार्थीहरू यस्तो पुण्य कार्यमा सानै देखि लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उक्त अवसरमा निर्मल मा.वि. का प्रधानध्यापक गणेशचन्द्र बस्नेतले विद्यार्थीलाई अनुशासित हुँदै आफूले आफूलाई चिन्न र योगको माध्यमले स्वास्थ्य रही आफ्नो दैनिकी फलदायी बनाउन यस्तो अभियान प्रत्येक विद्यालयमा आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता जीवन सेवा अभियान आदिकवि भानुभत्तm क्याम्पसकी अध्यक्ष प्रमीता गहतराज गर्नु भएको थियो भने निर्वतमान अध्यक्ष पूजा सुनारले योगको प्रयोगात्मक कक्षा सञ्चालन गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?