तातो हावा चल्दा एक सातामा स्पेन र पोर्चुगलमा १ हजार ७ सयको मृत्यु

  • ख-
  • ख+

तातो हावाल चल्दा स्पेन र पोर्चुगलमा एक सातामा १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ ।
सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसको कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् ।
तातो हावाल चलेको कारण मृत्यु हुनेहरुको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ । जसले मुत्यु हुनेहरुको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ ।

पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् । तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ । ती देशहरुमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौं मानिसको जीवन जोखिममा पारेको छ । एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्