तनहूँ । तनहूँका रत्न श्रेष्ठ मानवअधिकार एवं कैदी बन्दी न्यायीक सरोकार मंच नेपालको केन्द्रिय उपाध्यक्ष चयन हुनुभएको छ । मन्चको नवौं साधारण सभा तथा बार्षिकोत्सवबाट श्रेष्ठ उपाध्यक्ष चयन हुनुभएको हो । उपाध्यक्ष चयन हुनुभएका समाजसेवी तथा पर्यटन व्यवसायी श्रेष्ठले ”आफुले अघिल्लो कार्यकालमा पनि मानवअधिकारको पक्षमा काम गरेको र आउने कार्यकालमा पनि मानवअधिकारको पक्षमा काम गर्ने” प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
असार ४ गते सम्मपन्न मन्चको भेलाले कोपिला पुनको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति चयन भएको छ ।








