म्याग्दे गाँउपालिकाको वजेट सार्वजनिक

  • ख-
  • ख+

वि वि श्रेष्ठ । तनहूँ । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०७९।०८० को वजेट सार्वजनिकीकरण भएको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले आ.व. ०७९।८० को वजेट सार्वजनिक गरिएको हो ।
गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले प्रस्तुत गरेका वजेट अध्यक्ष श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । यसैगरि सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिनुहुने म्याग्दे गाँउपालिका भित्रका व्यक्तिलाई सम्मान समेत गरेको छ । वजेटमा आर्थिक् विकास समितीको पुजीगत तर्फ, चालु खर्च तर्फ, समाजिक विकास समिती तर्फको खर्च पुर्वाधार विकास समिती तर्फ, वातावरण विकास समिती तर्फ, सार्वजनिक सेवा तथा क्षमता विकास समिती तर्फ वजेट विनियोजन गरिएको छ ।
यसैगरि सार्वजनिक गरिएको वजेट अनुसार आव ०७९।०८० का लागी गण्डकी प्रदेश वाट स्विकृत भएको योजनाहरु समेत समावेश गरिएका छन् । जसअनुसार अर्चले माझीलाङ खानेपानी योजना विशेश अनुदान मार्फत ५० लाख, धयेरे किल्चोक मोटर मार्ग समपुरक योजना अन्तर्गत ५० लाख, वेलडाँडा हिरतपार्क निर्माण अन्र्तगत ५ लाख, मालिङ्गे पहिरो नियन्त्रणका लागी ५ लाख, पसले फौजदार मार्ग स्तरोन्नतीका लागी २० लाख, जनजागृति मोटर मार्ग निर्माणका लागी २५ लाख, जनजागृत्ति मोगरा मार्ग कालोपत्रे गर्नका लागी २० लाख, पसेल स्वास्थ्यचौकीस् हुदै कोईरालाथोक मोटर मार्ग का लागी दश लाख, छाङ्ग थर्पु मोगर मार्ग स्तरोन्नतीका लागी २० लाख, कृषि जनएकता मार्ग पयरेका लागी दश लाख, सियाले पयेर खोलामा कलभर्ट निर्माणका लागी १५ लाख, वेलसोती मार्गको म्याग्देखोला मोटरवेल पुलका लागी १ करोड ५० लाख, विनियोजन गरिएको छ ।
यसैगरि प्रदेश सरकार अन्र्तगत नै ठुलाखेत सिंचाई योजनामा १० लाख, विचारे तिलाहारफाँट सिचाई योजनामा ८ लाख, चामेवगर सिंचाई योजनामा १० लाख, आरोही एकीकृत कृषि तथा पशु फर्म म्याग्दे ७ का लागी १० लाख, कुनिचौर फौजदार गाँउ खानेपानी योजनाका लागी ६ लाख, जामुने झयालगौडा लिफटिङ्ग खानेपानी योजनाका लागी ६ लाख, उदाउने खानेपानी आयोजनाका लागी ६ लाख, दिर्वु ठुलोचौर खानेपानी योजनाका लागी १० लाख, उमाचोक खानेपानी आयोजनका लागी १० लाख, वरचौर खानेपानी योजनका लागी १० लाख, म्याग्दे खानोपनी आयोजनाका लागि १० लाख, भालुखोल्सा खानेपानी योजनाका लागी ६ लाख, पधेरीखोला खानेपानी योजना निर्मलवस्तीका लागी १० लाख विनियोजन गरिएको छ ।
यसैगरि कार्यक्रममा कामीटारी डिप वोरिङ्ग खानेपानीका लागी १० लाख, जौपानी खानेपानी योजनाका लागि १० लाख, तिर्खेखोला हात्तिखोर खानेपानीका लागी १० लाख, किल्चोक खानेपानीका लागी १० लाख, कालिका मन्दिर जाने पदमार्ग निर्माणका लागी ५ लाख, उमाचोक सामुदायिक भवन संरक्षण पहिरो नियन्त्रण तथा व्यवस्थापन म्याग्दे २ का लागी ६ लाख विनियोजन भएको छ ।
वजेट सार्वजनिका कार्यक्रममा उपाध्यक्ष घिमिरेले वजेट सभामा पेश गर्नुभएको थियो । सभामा कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, विद्यालयका प्र.अ. लगायत स्थानिय समुदायको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?