दमौलीका सुदिप पौडेल अभिनित स्वरुपराज आचार्यको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । सुगम संगीतका चर्चित गायक स्वरूपराज आचार्यको आवाज रहेको र दमौलीका मोडल सुदिप पौडेलको अभिनय रहेको गयौ तिमी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । के भयो र तिमीलाई , तिम्रो शहरमा, बिरानो देश, लगायतका दर्जनौ गीतका म्युजिक भिडियो अभिनय गर्नुभएका पौडेलको म्युजिक भिडियो आज बुधवार सार्वजनिक भएको हो । उक्त भिडियोमा कलाकारहरू अनिल अधिकारी र पुजा के.सी. हुनुहुन्छ भने सागर आचार्यले उक्त भिडियोलाई निर्देशन गर्नुभएको छ ।

(मोडल सुदिप पौडेल)

व्यास नगरपालिका वडा नंं १० का विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोका छाँयाकार सुसान पन्थ हुुनुहुन्छ भने भिडियोको ड्रोन पाईलट महेश वाग्ले रहेनुभएको छ । संगीतकार हरि लम्सालद्वारा संगीतवद्व गीतको गीतकार यसभन्दा अगाडि थुप्रै गीतहरु बजारमा ल्याउनुभएका दमौलीका गीतकार सागर उदास रहनुभएको छ ।
भिडियो सागर उदास अफिसियल नामको युट्यूव च्यानलबाट रिलीज गरिएको म्युजिक भिडियो ”सबै पक्षबाट उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउने” मोडल सुदिप पौडेलको अपेक्षा रहेको छ । ( तस्विर श्रोतः सुदिप पौडेल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्