अजित पन्थ । तनहूँ । नेपाल पावर लिफ्टिगं संघ तनहूँको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ । नेपाल पावर लिफ्टिगं संघ तनहूँको बिहिवार भएको पहिलो भेलाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । संघका अन्य पदाधिकारीहरुमा राधेश्याम मकाजु र श्रीकृष्ण बिजुक्छे उपाध्यक्ष चयन हुनुभएको छ ।
भेलाले अर्विन्द थापा सचिव , मन श्रेष्ठ बिजुक्छे कोषाध्यक्ष, महेश श्रेष्ठ, मनु मगर पदम गुरुगं ,रुद्र दुलाल, अनिल अधिकारी,हरि श्रेष्ठ, कमल दरै र लक्ष्मी रानामागर दरैलाई सदस्यमा चयन गरेको छ ।
सुसगठित शरिर , स्वास्थ्य दिनचर्चाको लागि र समाजमा जनचेतना जगाउने संघले कामहरु गर्ने उक्त भेलामा बताईएको थियो ।









