म्याग्देको न्यु भिजन युथ क्लबको अध्यक्षमा राजिव श्रेष्ठ चयन

  • ख-
  • ख+

तनहूँ । तनहूँको म्याग्दे गाउँपालिका वडा नंं २ मा रहेको न्यु भिजन युथ क्लबको अध्यक्षमा राजिव श्रेष्ठ चयन हुनुभएको छ । शनिवार जामुनेमा सम्पन्न चौंथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिबेशनले सचिवमा अमिर श्रेष्ठ,,कोषाध्यक्षमा अवजित श्रेष्ठ, ,सह सचिबमा मनिशा गुरुङ र सहमा कोषाध्यक्षमा विधान रानाभाट चयन गरेको छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेको उक्त अधिवेशनले क्लबको विभिन्न समितिका संयोजकहरु तोकेको छ जसअनुासर साँस्कृतिकमा निराजन श्रेष्ठ , प्रेस संयोजकमा विमल प्रधान , स्वास्थ्य संयोजकमा सागर रानाभाट , खेलकुदमा विनोद वि.क. , शिक्षामा नवराज शाही र सरसफाइ संयोजकमा दिपक रानाभाट रहनुभएको छ ।
विभिन्न कालखण्डमा क्लबमा योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएकोे कार्यक्रममा वडा नं २ का अध्यक्ष शिवबहादुर रानाभाट लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

(क्लबलाई योगदान पुर्याउनुभएका व्यक्तिहरुलाई सम्मान गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?