सिद्ध मिलन महिला बचत तथा ऋण सहकारीको १२ आं साधारण सभा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १३ बेलवासको श्री सिद्ध मिलन महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सृजना तिवारीको सभापतित्व भएको कार्यक्रममा सभापति सृजना तिवारीले सहकारी स्थापना गरेपछि गाउँमा महिला दिदिबैनीहरु पशुपालन, कुखुरा पालन, बाख्रापालनदेखी हरेक व्यापार ब्यबसायमा काम गर्न अग्रसर भई आत्मनिर्भरको दिशामा अगाडि बढेको बताउनुभएको थियो । साथै उहाँले सहकारीलाई अझै प्रभावकारी बनाउन विभिन्न सिपमुलक, उद्यमशिल तालिम ल्याउन स्थानीय सरकारसग पहल गर्ने बताउनुभएको थियो ।
संस्थाकी संस्थापक अध्यक्ष मधुमाया तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको १२ औं साधारणसभा तथा अधिवेशनले सकुन्तला तिवारीको अध्यक्षतामा नया संचालक समिती पनि गठन गरेको छ नयाँ संचालक समितिको उपाध्यक्षमा सुमित्रा बगाले, कोषाध्यक्षमा तिली माया थापा, सचिवमा मन्जु थापा र सदस्यहरु गरि ९ सदस्यिय समिति गठन गरेको छ ।
उषा आलेले संचालन गर्नुभएको कार्यक्रममा सकुन्ला तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको भने उक्त अवसरमा जेष्ठ महिलाहरुलाई सम्मान पनि गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?